बैशाख १७, २०८१, सोमबार
               

‘सानिमा लार्ज क्याप फण्ड’ सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईले आजबाट सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको छ । 

आज (बिहिबार) माघ ९ गतेदेखि माघ २६ गतेसम्म सानिमा म्युचुअल फण्डले खुल्ला गर्ने १० रुपैयाँको दरले १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई कुनैपनि संघ संस्था तथा सर्वसाधारणहरुको लागि निष्काशन तथा विक्री खुल्ला गरेको हो । 

यस फण्डले १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले राखेको छ । 

उक्त इकाईमा माघ १३ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाईन प्रणालीमार्फत आवेदन दिन सकिने छ । 

यो योजना व्यवस्थापकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि