बैशाख १७, २०८१, सोमबार
               

ग्लोबल आइएमई बैंकद्धारा २ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । 

यस बैंकले पुस २९ गते वार्षिक साधारणसभा सम्पन्न गरी २ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सो लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिदिएको हो । 

शेयरधनीले पुस १४ गतेसम्ममा हितग्राही खातामा आफ्नो बैंक खाता अपडेट गरी खाताको विवरण नमिलेको शेयरधनीले नगद लाभांश प्राप्त नगरेकाहरुले शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटलको वेवसाइटमा राखिएको आ–आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउँन बैंकले अनुरोध गरेको छ । 

यस बैंकले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट स्वीकृती प्राप्त गरेपछि मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिने जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि