बैशाख ०६, २०८१, बिहीबार
               

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा सम्पन्न, १८.५ प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बिहिबार) नेपाल इन्भेष्टमेण्ट बैंकको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजे भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । 

उक्त सभाले १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस कम्पनीको चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख रहेको छ । 

यस कम्पनीले चालू वर्ष २०७६/७७ को दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजानिक गदैँ यसले १ करोड ५८ करोड नाफा कमाएको छ,भने यस अवधिमा वितरणयोग्य नाफा ४९ करोड ३८ लाख रहेको छ ।

हाल यस कम्पनीको ८३ ओटा शाखा, १२८ ओटा एटीएम, २० ओटा एक्सटेन्सन काउन्टरहरु, १० ओटा राजस्व संकलन काउन्टरहरु र ५९ ओटा शाखा रहित बैंकिङ काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो पनि