काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
यस कम्पनीको हिजो (बुधवार) बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
उक्त वर्षको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।
सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।