काठमाडौं । ज्योति विकास बैंकले २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि बैंकले माघ १४ गते साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे गर्ने भएको छ ।
बैंकले साधारणसभा र लाभांश प्रयोजनका लागि पुस २९ देखि माघ १४ गतेसम्म बुक क्लोज गर्ने छ, भने पुस २८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
हिजो यस बैंकको शेयर मूल्य २२५ कायम रहेको छ भने, सो दिन ४८ हजार ८९७ कित्ता शेयर खरिद बिक्री भएको छ ।