जेठ ०२, २०८१, बुधबार
               

इन्फास्ट्रक्चर बैंकको आईपीओमा माग भन्दा २.३९ गुणा बढी आवेदन

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकको आईपीओ मा १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन परेको छ । 

यस कम्पनीले माघ २ गतेदेखि ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो । सर्वसाधारणले मागभन्दा २.३९ गुणा बढी आवेदन दिएको सीडीएसले जनाएको छ ।

कुल १५ लाख २९ हजार ४६० जनाले बैंकको आईपीओमा आवेदन दिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

बैंकले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२० प्रतिशतको १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 

यो पनि