जेठ ०२, २०८१, बुधबार
               

चन्द्रागिरि हिल्सको आईपीओ प्रि-अलोटमेन्ट आज हुने

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधबार) चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओ प्रि-अलोटमेन्ट हुने भएको छ । 

आज बेलुकासम्म प्रि-अलोटमेन्ट भयो भने आईपीओ बाँडफाँटको टुंगो हुने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 

यस कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणको लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्कासन गरेको थियो । 

६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए । जसमा यो माग भन्दा १७.५३ गुणा बढी आवेदन परेको हो ।

यो पनि