जेठ ०१, २०८१, मंगलबार
               

इन्फिनिटी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बुधबार) सम्म रहेको छ । 

यस कम्पनीले २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यसले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ ९ गते बुक क्लोज गरेसँगै माग ७ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । सो प्रस्ताव पारितका लागि कम्पनीले माघ २४ गते साधारण सभा गर्ने भएको छ । 

उक्त सभाले कुनै वित्तीय संस्थासँग गाभ्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि