जेठ ०१, २०८१, मंगलबार
               

प्राइम लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । 

यस कम्पनीले पुस २७ गते सम्पन्न गरेको वार्षिक साधारणसभाले पारित भएको ८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो । 

शेयरधनीहरुलाई हितग्राही खातामा बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीलाई आफूले हितग्राही खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ । 

यस कम्पनीले पुस १६ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा लिएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने जनाएको छ । 

यस कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

यो पनि