जेठ ०१, २०८१, मंगलबार
               

पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

यस कम्पनीले साढे ८२ करोड रुपैयाँ बराबरको साढे ८२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

उक्त आईपीओ निष्कासन गर्ने सम्बन्धमा पिपुल्स र सानिमा क्यापिटल लिमिटेडबीच हिजो (सोमबार) सम्झौता भएको छ । 

सो सम्झौतापत्रमा पिपुल्स कम्पनीका प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले तथा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।

यस कम्पनीले लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनामा लगानी जुटाउन आईपीओ निष्कासन गर्न लागेको हो ।

उक्त कम्पनीको सम्पूर्ण काम सकिए पछि आगामी बैशाखदेखि आईपीओ निष्कासनको तयारी रहेको छ ।

यस कम्पनीको काम ७० प्रतिशत पूरा भएको छ, यसले अबको ९ महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने दोर्दी कोरिडोरको किर्तीपूर सबस्टेसनमा जोडिनेछ ।

यो निष्कासन हुने आईपीओ स्वपुँजी लगानीको ३० प्रतिशत रहेको छ, भने ७० प्रतिशत बैंकको ऋण लगानी रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि