जेठ ०१, २०८१, मंगलबार
               

चीनको अर्थतन्त्रमा सुधार

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  सन् २०२० को अन्तिम त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा सुधार आएको छ  । कोरोना महामारीका कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्र चौपट भइरहेका सो मुलुकको अर्थतन्त्रमा भने सुधार आएको हो । 

चीनले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० चीनको कुल गार्हस्थ उत्पादन(जिडिपी) मा २.३ प्रतिशतले वृद्धि भएको छ । सार्वजनिक तथ्यांकअनुसार सन् २०२० को अन्तिम त्रैमासिकमा चीनको औद्योगिक उत्पादनमा ७.३ प्रतिशत र रिटेल क्षेत्रमा ४.६ प्रतिशतले वृद्धि भएको थियो ।

कोरोना महामारीले दिएको धक्का, अमेरिका र भारतसँगको व्यापारिक द्वन्द्वका बाबजुद चीनले अर्थतन्त्रमा निकै सुधार गर्दै सबैलाई आश्चर्यचकित बनाइदिएको छ ।

चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार सन् २०२० को अन्तिम त्रैमासिकमा चीनको जिडिपीमा ६.५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै तेस्रो त्रैमासिकमा यो वृद्धिदर ४.९ प्रतिशत थियो । कोरोना महामारी र लकडाउनका बीच सन् २०२० को पहिलो तीन महिनामा चिनियाँ अर्थव्यवस्थामा ६.८ प्रतिशतसम्म गिरावट आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि