जेठ ०१, २०८१, मंगलबार
               

बिजुलीको डिमान्ड शुल्क छुट आजदेखि कार्यान्वयन

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडाैं । कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा सरकारले छुट दिने भएको छ ।

व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन लामो समयदेखि आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै आजदेखि शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयले विज्ञप्तिमा निकालेर कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट कार्यान्वयन हुने जनाएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो निर्णय कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने बताएका छन् । औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने तयारी छ । 

चालु आर्थिक वर्षको बजेटमा कोभिड-१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युत डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि