काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीहरूको बैंक खातामा नगद लाभांश दिएको छ ।
यस कम्पनीको पुस १२ गते बसेको साधारणसभाले पारित गरेको १० प्रतिशत नगद लाभांश बुक क्लोज हुँदा मंसिर २८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा जम्मा गरिदिएको छ ।
शेयरधनीहरूले शेयर धितो राखेका भए लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र लिनु पर्ने छ । यस कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।