जेठ ०१, २०८१, मंगलबार
               

एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेका तीत कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (आइतबार) एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक समूहको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । 

यस कम्पनीले पुस १९ गतेदेखि आरएमडिसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३०० र युनाइटेड इन्स्योरेन्स कम्पनीको ९६ हजार ६४९ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । 

उक्त कम्पनीको न्यूनतम मूल्य क्रमश ४८५, ग्रामीण विकास लघुवित्तको २६९ र युनाइटेड इन्स्योरेन्स कम्पनीको २४१ रहेको छ, भने लगानीकर्ताले सो मूल्यभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

शेयर खरिदका लागि आवेदकले बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । 

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड र एक्सेल डेभलपमेण्ट बैंकको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ । 

यो पनि