जेठ ०१, २०८१, मंगलबार
               

सुनको मूल्य घट्यो

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिन (शुक्रबार) को तुलनामा प्रतितोला ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यपनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हाे ।

आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि