जेठ ०१, २०८१, मंगलबार
               

गुँरास लाइफ इन्स्योरेन्सले व्यक्तिगत बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले व्यक्तिगत  बीमालेख नविकरण गर्दा ब्याज ५० प्रतिशत छुट दिने भएको छ । 

यस कम्पनीले माघ ४ गतेदेखि माघ २८ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट गर्ने जनाएको छ ।

सो निर्णय बीमितहरुलाई कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न म्याद नाघेका व्यक्तिगत बीमालेखहरुमा छुट दिने जनाएको छ । यो सुविधामा कम्पनीले २०२१ मा परिपक्क हुने बीमालेखहरुमा भने लागु नगर्ने जनाएको छ ।

उक्त छुटका लागि कम्पनीको कर्पोरेट तथा प्रदेशस्थित शाखा कार्यालय, तथा उपशाखा कार्यालयहरुबाट र अभिकर्तासँग सम्पर्क गर्न आग्रह गरेको छ । 

यो पनि