बैशाख २५, २०८१, मंगलबार
               

सेञ्चुरी कमर्सियल बैंकको साढे ७ प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौं र दशौं वार्षिक साधारणसभा पुस २९ गते आर्मी अफिसर्स क्लब,भद्रकालीमा सम्पन्न भएको छ । 

यस सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

उक्त सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (करसहित) र २ प्रतिशत बोनश सेयर तथा उक्त बोनस सेयर वितरणपश्चात् हुन आउने चुक्ता पुँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यस सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण,वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँट लगायतका प्रतिवेदन पारित गरेको छ । 

चालू आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । 

यो पनि