मंसिर ०७, २०८१, शुक्रबार
               

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (शुक्रबार) नेपाल स्टक एक्सचेञ्जमा दुई ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । 

नेशनल लाइफ इन्स्योरेन्स र तिनाउ मिसन डेभलपमेन्ट बैंकको मूल्य समायोजन भएको हो । 

दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि आज (शुक्रवार) बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन भएको हो ।  

नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य १८६ तोकेको छ । 

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता १९७ मा अन्तिम कारोबार भएको थियो ।

हाल कम्पनीको कायम चुक्तापूँजी १ अर्ब ८१ करोड ३१ लाख को ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न १४औं वार्षिक साधारण सभा माघ १५ बोलाएको छ । कम्पनीले अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रालि, बुटवलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

त्यस्तैगरी, नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य १ हजार ६४ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन (बुधवार) कायम भएको अन्तिम शेयरमूल्य ११७० को आधारमा शेयर मूल्य समायोजन भएको हो ।

यस कम्पनीले माघ १५ गते १० प्रतिशत बोनस शेयर र १ करोड ६२ लाख २४ हजार ३५१ नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा गर्ने भएको छ । सभा केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०:३० बजे गर्ने छ ।  


कस्तो लाग्यो ?

यो पनि