काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
यस सभामा बैंकले प्रस्तावित २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरेर कूल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
उक्त सभाले कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गरेको छ । सभाले आगामी ४ वर्षका लागि कर्णबहादुर घले र प्रकाशराज विष्टलाई निविरोध निर्वाचित गरेको हो ।