काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आज (शुक्रबार) बाट आइपीओ निष्कासन हुदैँ छ ।
यस कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो ।
यो आइपीओ हालसम्मकै सबैभन्दा ठुलो आकारको हो । आईपीओ बैंकवित्त तथा अनलाइनमार्फत मेरो सेयरबाट आवेदन दिनका लागि दिन सक्छन् ।
यस बैंकले १ लाख ६० हजार कित्ता कर्मचारीलाई, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्टाएको छ ।
उक्त आईपीओका लागि प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन दिन सकिने छ । यस आईपीओ दुई चरणमा रहेको छ । आवेदन दिने पहिलो चरणमा माघ ६ गतेसम्म रहेको छ,भने सो अवधिमा आवेदन कम परेमा माघ १६ गतेसम्म बिक्री खुल्ला रहने छ ।
गत आर्थिक वर्ष ०७६/७७ मा कम्पनीले १ अर्ब २३ करोड ४३ लाख ७१ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११३.६२ र प्रतिशेयर आम्दानी ७.०६ रहेको छ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ ।