बैशाख २०, २०८१, बिहीबार
               

यस्तो छ, राष्ट्र बैंकको पाँच महिनाको आर्थिक विवरण

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आवको असोज मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरेको छ । बैंकले मंसिर मसान्तसम्मको आर्थिक विवरण बुधबार सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार देशको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड बचत भएको छ । अघिल्लो वर्षको मंसिरसम्ममा मुलुकको शोधान्तर स्थिति २३ अर्ब ३० करोड बचतमा थियो । चालू आर्थिक चौथो महिनमा १ खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको शोधनान्तर बचत सामान्य गिरावट भएको छ । जुन गत कात्तिकको भन्दा ४ अर्ब कम हो ।

चालू आर्थिक वर्षको मंसिर महिनामा चालू खाता २१ अर्ब ३२ करोड घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा चालू खाता ६५ अर्ब १३ करोड रुपौयँ घाटामा थियो ।

चालू आर्थिक वर्षको ५ महिना अर्थात् मंसिर मसान्तसम्ममा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । जुन अघिल्लो महिनाको भन्दा ७९ अर्ब बढी हो । गत कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ७२ करोड रेमिट्यान्स भित्रिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि