मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना बीमा : २५ हजार ३१३ जनाले पाए दावी भुक्तानी

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । बीमा समितिमा कोरोना बिमित मध्ये २५ हजार ३१३ जनाले दावी भुक्तानी पाएका छन् । 

हालसम्म २ अर्ब ४६ करोड सात लाख रुपैयाँ दावी भुक्तानी भइसकेकाे छ भने १० हजार ९ सय ७३ जनाको फाइल प्रमाणिकरण भई दावी भुक्तानीको अन्तिमा चरणमा पुगेको छ । 

३,७३९ जनाको दावी प्रक्रियामा रहेको, ८ हजार ४० जनाको बीमा दावी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, ७४७ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको र २,२१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको बीमा समितिले जनाएको छ ।

समितिमा १८३ जनाको कोरोना बीमा दावी दोहोरो परेका कारण दावी नदिने निर्णय गरेको छ । कोरोना भाइरसबाट संक्रमित भई कोरोना बीमा दावी प्रस्तुत गरेका ५१ हजार ७१७ जनाको फाइल बीमा पुलले स्थान दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि