जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना बीमाकाे भुक्तानी दाबी गर्नेको संख्या ५० हजार पुग्यो

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बीमा कम्पनीहरूमा कोरोना बीमा दाबीका लागि फाईल बुझाउनेको संख्या ५० हजार पुगेको छ । 

यस समितिले जनाए अनुसार हालसम्म ४८ हजार ६०७ जनाले बीमा दाबी गरेका छन्, भने २४ हजार ३८५ जनाले कोरोना बीमाको भुक्तानी बुझेका छन् । 

त्यस्तै, १७९ जनाले कोरोना बीमाको दावी भुक्तानी नपाउने छन् भने २६६२ वटा फाईल सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको बीमा समितिले जनाएको छ ।

बीमा पुलले कोरोना बीमा दावी गर्नेमा हालसम्म दुई अर्ब ३७ करोड ३६ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि