जेठ ०४, २०८१, शुक्रबार
               

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने  आज (मंगलबार) अन्तिम दिन रहेको छ ।

यस कम्पनीको साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस २९ गते बुक क्लोज गरेसँगै आजसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि माघ १४ गते साधारण सभा गर्ने भएको छ ।

साथै, यस सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न संञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

हाल कायम ५४.३५ प्रतिशत संस्थापक हिस्सालाई घटाएर ५१ प्रतिशत कायम रहने गरी बाँकी शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने एजेण्डा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि