जेठ ०४, २०८१, शुक्रबार
               

तोकिएको समयमा आयकर बुझाउन ताकेता

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले तोकिएकै समयमा आयकर बुझाउन ताकेता गरेको छ । कोरोना महामारीबीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका बेला सरकारले पुस मसान्तसम्मको कर बुझाउन ताकेता गरेको हो । 

राजस्व विभागले करदातालाई आयकर ऐनअनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकमको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन सूचित गरेको छ । 

पुस मसान्तभित्रै ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पुगेर कर बुझाउन ताकेता गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि