जेठ ०४, २०८१, शुक्रबार
               

चन्द्रागिरि हिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि हिल्सले पुस २४ गतेदेखि सर्वसाधारणका लागि विक्री खुल्ला गरेको आईपीओका लागि  आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । 

यस कम्पनीले सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । 

सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

आईपीओ विक्रीको छिटो अवधि पुस २८ र ढिलो माघ ९ गतेसम्म तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुन लागेको हो । 

आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ साथै, आवेदकले सि-आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर सफ्टवेयर र मेरोशेयर एप मार्फत आवेदन गर्न सक्नेछन् ।

यो पनि