जेठ ०४, २०८१, शुक्रबार
               

नागरिक लगानी कोषद्वारा १:०.८३ अनुपातमा हकप्रद शेयर निष्कासन

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नागरिक लागानी कोषले चुक्तपूँजीको १:०.८३ अनुपातको हकप्रद शेयर आजबाट निष्कासन गरेको छ । 

आज (मंगलबार) देखि शेयरधनीहरुले उक्त हकप्रदका लागि आवेदन दिन सक्ने छन् ।

कोषले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७७ पुस १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुको लागि उक्त हकप्रद निष्कासन गरेको हो । 

यस कोषले १०० अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण शेयरको निष्कासन गरेको छ । कोषको उक्त हकप्रद शेयर माघ १९ गते सम्म आवेदन दिन सकिन्छ । 

हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रहेको छ, भने जसलाई प्रति शेयर १०० अंकित मूल्यमा १ करोड ६४ लाख ७ हजार ४०८ कित्ता साधारण शेयरमा विभाजन गरिएको छ । 

हाल निष्कासन हकप्रद शेयर बाँडफाँड गरेर आएको मल्यले कोषको चुक्तापूँजी ३ अर्ब पुग्ने छ । 


कस्तो लाग्यो ?

यो पनि