जेठ ०४, २०८१, शुक्रबार
               

धितोपत्र बजारमा सम्बद्धले नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्वका लागि छुट्याउनुपर्ने

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग आवद्ध रहेका संस्थाले खुद नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वको लागि छुट्याउनपर्ने भएको छ । 

यसरी छुट्याईएको रकम लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

त्यस्तै, मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको छ,  भने केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल (ब्रोकर) तथा धितोपत्र व्यापारीमा पनि यो नियम लागु हुने भएको हो ।

बोर्डले धितोपत्र व्यवसायीको खुद मुनाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउने र प्रमुख रुपमा उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिबृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन हुने सूचनामार्फत जनाएको छ ।

यसबाट लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुग्नुको साथै लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि