जेठ ०४, २०८१, शुक्रबार
               

लुम्बिनी विकास बैंकले १३औं साधारण सभा सम्पन्न,१० प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी विकास बैंकले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

यस बैंकको सभा हिजो (आइतवार) कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

सभाले ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश गरेर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख छ । ७ प्रतिशत बोनस शेयर वितरण पछि उक्त पूँजी २ अर्ब ९० करोड ६४ लाखभन्दा बढी पुग्नेछ । हालसम्ममा बैंकले ६९ शाखा कार्यालयहरुबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

साथै, सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने  आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि