जेठ ०४, २०८१, शुक्रबार
               

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन रहेको छ । 

यस कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार बुक क्लोज गर्ने भएकाले सोमवारसम्म शेयरधनीले शेयर कायम गर्नुपर्ने भएको हो । 

कम्पनीले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई यसवर्ष १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ १६ गते साधारण सभा हुने छ । सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन् । 


कस्तो लाग्यो ?

यो पनि