जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रिय व्यापार संघको १६ औं साधारण सभा सम्पन्न

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय व्यापार संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

यस संघले कोरोनाको जोखिमका कारण व्यापार संघका पदाधिकारी र सल्लाहकारहरुको उपस्थितिमा हिजो (आइतवार) काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो ।

सभामा संघका अध्यक्ष कमल अग्रवालले चीनतर्फको केरुङ र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

उनले भने सरकारी नीतिनियमहरु व्यवसायी मैत्री नभएको र समयानुकुल परिमार्जन गरि व्यवसायी मैत्री गर्नुपर्नेमा जोड दिनु पर्ने छ । 

आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्दै संघका महासचिव वैकुण्ठ दहालले कारोना महामारी र लामो समय सम्मको बन्दाबन्दीका कारण साना तथा मझौला व्यवसायीहरु निकै मारमा परेको बताए । 

यस वाणिज्य विभागले व्यापारीहरुलाई पसलमा अनिवार्य रुपमा मूल्यसूची राख्न जारी गरेको सूचनाप्रति लक्षित गर्दै उनले मूल्यसूची राख्नका लागि विभागले व्यापारीहरुलाई प्रशिक्षित गरेर सहजिकरण गर्न आग्रह समेत गरेका छन् । 

यो पनि