जेठ ०४, २०८१, शुक्रबार
               

सानिमा क्यापिटलले माघ ९ गतेदेखि सार्वजनिक निष्कासन गर्ने

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा क्यापिटलले आगामी माघ ९ गतेदेखि सामूहिक लगानी कोष ‘सानिमा म्युचुअल फण्ड’को इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ । 

यस क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो । यो सात वर्षे बन्दमुखी योजना हो । 

जुन फण्डले १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । जसमा सो फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाइने छ ।

फण्डको इकाईमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा माघ २६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ । 

सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि