जेठ ०४, २०८१, शुक्रबार
               

आन्तरिक राजस्व विभाग: आय विवरण बुझाउने समय थप नहुने

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । निजीक्षेत्रका उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले कोभिडका कारण सरकारले तोकेको पुस मसान्तभित्र आय विवरण बुझाउन कठिन हुने भन्दै सरकारसगँ समय थप गर्न आग्रह गरेका थिए । सो विषयमा सरकारले कुनै पनि चासो देखाएको छैन् ।

आन्तरिक राजस्व विभागका अनुसार अर्थ मन्त्रालयबाट कुनै निर्णय नआएकाले समय थपीने सम्भावना नहुने देखिएको छ । 

सरकारले गत आर्थिक वर्षमा बन्दाबन्दीको बेला पटकपटक निजीक्षेत्रलाई कर विवरण बुझाउन ताकेता गरेको थियो । सरकारको ताकेताको चर्को विरोध भएपछि केही समय सरकारले थपिदिएको थियो ।

विभागका उपमहानिर्देशक मुक्ति पाण्डेका अनुसार यो महीनामा आइतवारसम्म ८ अर्बको हाराहारीमा मात्रै राजस्व संकलन भएको छ, आय विवरण बुझाउनेको संख्यामा गतवर्षमा भन्दा खासै कमी आएको छैन ।

अर्थ मन्त्रालयमा समेत समयावधि थप गर्नेबारे कुनै छलफल नभएको राजस्व महाशाखाको एक उच्च अधिकारीले बताए । ‘कोभिडको बहानामा अब अल्झिरहने समय नै छैन्, समयावधि थप्ने अहिले कुनै तयारी छैन,’ उनले भने । 

सरकारले कम्पनी दर्ताको विवरण पेश गर्ने अवधि नबढाएकाले समयमै पेश नगरे जरीवाना लाग्ने भएको छ । पुुस मसान्तभित्रै पेश गर्न भनिएकाले यसमा ढिलाइ गर्न नहुने अधिकारीहरू बताउँछन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले कोरोना संक्रमणका कारण व्यवसायीले निर्धारित समयमा कार्यसम्पादन गर्न नभ्याएकोले कर विवरण बुझाउने म्याद सार्न सरकारलाई भनिएको बताउँछन् । कतिपय उद्योग कोरोनाका कारण बन्द अवस्थामा पुगेकाले कर विवरण बुझाउन म्याद थप्न भनिएको उनको भनाइ छ ।

‘विगतमा उद्योगीव्यवसायले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य समयमै गरेको अवस्था थियो,गत वर्षदेखि कोरोनाका कारण उद्योग व्यवस्थाय अस्तव्यत भएकाले म्याद थप्न भनिएको हो,’ मोरले भने ।

यो पनि