जेठ ०४, २०८१, शुक्रबार
               

सिभिल क्यापिटलको ५ प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको १२औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

यस सभाले साधारणमा आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनपास गर्नुका साथै २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

यो सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने कर सहित १,०६,२५,०००.०० नगद लााभांश वितरण गर्ने प्रस्तावहरु पारित गरेको हो ।

उक्त सभाको प्रस्तावमा रहेका सम्बन्धित निकायको स्वीकृतीलिई संस्थागत परामर्शदाता सेवा अन्तर्गत व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोषहरु संचालन, सम्पत्ति व्यवस्थापन लगायतका सम्बन्धित सेवाहरु प्रदान गर्ने साथै आफ्ना ग्राहकहरुको वीमा अभिकर्ता भई काम गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि