जेठ ०४, २०८१, शुक्रबार
               

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी प्रदान

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । 

यस कम्पनीले कास्की, मादी गाउँपालिका वडा नम्बर ८ निवासी स्व. सिता गरुङको मृत्यू दाबी भुक्तानी गरेको हो ।

कास्की मादी गाउँपालिका ८ नागिधारमा आयोजित एक कार्यक्रम मा सबुपोखरी साना किसान सहकारी सस्थाका अध्क्षय यज्ञ माया गुरुङले कम्पनीले प्रदान गरेको दुई लाख रुपैयाँको चेक मृतकको छोरी बृशिका गरुङलाई हस्तान्तरण गरेका हुन् ।

यस कम्पनीले सिता गरुङले चार बर्ष अगाडि आफू संरक्षक भइ छोरी बृशिकाको दुई लाखको १५ वर्षीय बाल अमृत बीमा गराएकोमा बीमा गरेको र चार बर्षपछी उनको क्यान्सरको कारण मृत्यु भएकोले बच्चालाई पालनपोषणको लागि पहिलो किस्ता बापत दुई लाख रुपैयाँ प्रदान गरेको जाननएको छ । 

साथै, यस कम्पनीले अबको ११ बर्ष बच्चाले तिर्नुपर्ने बीमा शुल्क समेत मिन्हा गरेको र बीमाशुल्क कम्पनीले तिरिदिने छ ।

यसैगरी, बीमा सकिनु दुई बर्ष अगाडि ५० हजार, एक बर्ष अगाडि ५० हजार , र बीमा अवधि सकिदा एक लाख र १५ बर्षसम्मको बोनस पनी बच्चाले प्राप्त गर्ने जानकारी गराए ।

यो पनि