जेठ ०४, २०८१, शुक्रबार
               

आयकर विवरण बुझाउने म्याद थप्न परिसंघको आग्रह

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग परिसङ्घले व्यवसायिक आयकर विवरण बुझाउने म्याद थप्न सरकार सगँ माग गरेका छ । 

आयकर विवरण बुझाउने र कम्पनी अपडेट गर्ने समय थप गरी चैत मसान्तसम्म हुनु पर्ने भन्दैँ माग गरेको हो । परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले सरकारका सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी म्याद थपको माग गरेका हुन् । 

वितगका वर्षहरुमा उद्योगी व्यवसायीले आयकर विवरण बुझाउने र कम्पनी अपडेट गर्ने कार्य सरकारले तोकेको समयसीमाभित्र नै गरिरहेको भन्दै उनले गत आवदेखि नै कोरोनाका कारणबाट उद्योग व्यवसाय प्रभावित भएकाले आयकर विवरण बुझाउने तथा कम्पनी अपडेट गर्ने समय थप गर्नुको विकल्प नरहेको बताए ।

विद्यमान आयकर ऐनमा भएको व्यवस्थाअनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ । कम्पनी ऐनमा व्यवस्था भएअनुसार कम्पनी अपडेट गर्नुपर्ने म्याद पनि पुस मसान्त तोकिएको छ ।

सो नियमा भएका कारण कोभिडले प्रभाव पारेको हुनाले कतिपय उद्योग व्यवसाय खुल्ने अवस्थामा नरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको अवस्थामा कतिपय उद्योगी व्यवसायीले लेखा परीक्षण कार्यसमेत सम्पन्न गरी नसकेको अवस्थालाई मध्यनजगर समयसीमा थप गर्न आग्रह गरिएको परिसङ्घले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि