जेठ ०१, २०८१, मंगलबार
               

मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट १५.५०७४ प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

यस बैंकले सभा भर्चुअल माध्यमबाट सेयरधनीहरुलाई सहभागिता गराएको थियो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।

त्यस्तै सभाले आर्थिक वर्ष 20७६/0७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

उक्त सभामा संचालक समितिका अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष 20७६/0७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । 

यो प्रतिवेदनमा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट प्राप्त सल्लाह, सुझाव र जिज्ञासाहरुलाई समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए । 


कस्तो लाग्यो ?

यो पनि