बैशाख ३१, २०८१, सोमबार
               

मनीषा कोइराला बनिन् आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडर

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नायिका मनीषा कोइराला आइएमई जनरल इन्स्योरेन्सकी ब्रान्ड अम्बासडर बनेकी छन् । कम्पनीले नायिका कोइरालालाई तीन वर्षका लागि बनाएको हो । नायिकासगँको सहकार्यले कम्पनीको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । 

नायिका मनीषा कोइरालाले आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उक्त बीमा कम्पनीले बजारमा उत्कृष्ठ सेवा प्रदान गर्दै निरन्तर अगाडि बढ्ने र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा  डिजिटलको माध्यमबाट सेवा विस्तार गर्ने जनाए । 

यो पनि