जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रिय बीमा संस्थानले नयाँ जीबन बीमा योजना ल्यायो, के के छन् योजना ?

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले नयाँ जीवन बीमा योजना ल्याएको छ । 

यस संस्थानले वार्षिकोत्सवको अवसर पारेर ‘हाम्रो जीवन बीमा’ योजना ल्याउने हो । वार्षिकोत्सव फागुन ११ गते रहेको छ । सोही अवसर पारेर यो योजना सार्वजनिक गरेको हो ।  

संस्थानका प्रशासक कविप्रसाद पाठकले बजारको आवश्यकता अनुसारका बीमा योजना ल्याउने क्रममा ‘हाम्रो जीवन बीमा’ नामक योजना ल्याउन लागेको बताएका छन् ।

‘हामीले ‘हाम्रो जीवन बीमा’ नामक योजना ल्याउन लागेका छौं, सोही योजनाका लागि हामीले समितिबाट स्वीकृति समेत पाइसकेका छौं’ कविप्रसाद पाठकले भने ‘अहिले प्राविधिक तयारी भइरहेको छ, हाम्रो सफ्टवेरको मर्मतपश्चात उक्त योजना बजारमा आउनेछ।’ 

यो बीमा योजना सामूहिक जीवन बीमामा पर्छ, यो बीमा म्यादी प्रहरीअन्तर्गत पर्ने संस्थानले जनाएको छ । यो योजनामा १० जना भन्दा कमको बीमा गरिदैँन, १० जना भन्दा बढिको मात्र बीमा गरिन्छ । 

उक्त बीमाको अवधि एक वर्षको हुनेछ । एक पटक बीमा गरेपछि एक वर्षको अवधिसम्म बीमित ढुक्क हुन सक्नेछन् । 
यो बीमा गर्ने बीमितको उमेर अनुसार बीमाशूल्क निर्धारण हुन्छ । बीमा संस्थानले नयाँ ल्याउँदै गरेको बीमा योजनामा एक जना बीमित बराबर ५० हजार बीमांक तोकिएको छ । समूहमा बीमा गर्नु पर्ने भएकाले न्यूनतम बीमांक नै ५ लाख रुपैयाँ रहने बीमा संस्थानले जनाएको छ ।

साथै यो बीमा गर्दा बीमितको पेशाको प्रकृति अनुसारको बीमाशुल्क हुने गर्दछ । टेबल वर्क गर्नेको लागि बीमाशूल्क कम बुझाउनुपर्छ भने,गाडी चलाउने, सुरक्षा फौजमा काम गर्नेहरुमा बढी जोखिम हुने भएकाले बीमाशुल्क बढि बुझाउनु पर्छ । तर बीमाशुल्क जति भए पनि बीमांकमा भने कुनै पनि हेरफेर हुदैन ।

यस्तै, संस्थानले न्यूनतम बीमाशूल्क दर तोकिदिने र अधिकतम जतिको पनि बीमा गर्न मिल्ने छ । 

यो पनि