जेठ ०४, २०८१, शुक्रबार
               

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, सहुलियत दरमा कर्जा

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सम्झौता भएको छ । 

सम्झौतामा माछापुच्छ्रे बैंकले ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिद गर्दा सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । 

माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्गका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

माछापुच्छ बैंकको आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।  

यस बैंंकले नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन ततपर रहेको र प्रविधिसहित सम्पुर्ण बैकिङ् सुबिधा प्रदान गरीरहेको पनि छ । 


कस्तो लाग्यो ?

यो पनि