जेठ ०४, २०८१, शुक्रबार
               

सिंगटी हाइड्रोपावरले दुई चरणमा आइपिओ विक्री गर्ने

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सिंगटी हाइड्रोपावर कम्पनीले माघ २ गतेदेखि आइपिओ विक्री गर्ने भएको छ  । 

जलबिद्युत उत्पादन गर्दै आएको कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि पहिलो चरणको प्राथमिक शेयर विक्री गर्ने र दोस्रो चरणमा माघ ४ गतेदेखि स्थानीय बासिन्दाका लागि आइपिओ जारी गर्ने सूचना आज (शुक्रबार) प्रकाशित गरेको छ ।

यस कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपिओ विक्री गरिने जनाएको छ ।

आइपिओमा स्थानीय बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने जनाइएको छ । यस आइपिओमा स्थानीयले छिटोमा माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यस कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ । 

यो पनि