जेठ ०४, २०८१, शुक्रबार
               

अब अर्को बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । माघ १ देखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाहरूलाई एक निर्देशन जारी गर्दै माघ १ गतेदेखि मासिक २ वटा कारोबारसम्म मात्र निशुल्क गर्न निर्देशन दिएको हाे । त्यसपछि प्रतिकारोबार २० रुपैयाँ शुल्क लाग्नेछ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय कारोबारको सुरक्षाको प्रयाप्त प्रबन्ध मिलाई ग्राहकहरूलाई मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङको पासवर्ड तथा युजरनेम हराएमा वा बिर्सिएमा आफैं प्राप्त गरी सेवा पुनः सञ्चालन गर्न सक्ने व्यवस्था समेत गर्नुपर्नेछ । यस विषयमा बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पूर्वजानकारी गराउनु पर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि