जेठ ०४, २०८१, शुक्रबार
               

सिबिआइएल क्यापिटलको ७५ हजार कित्ता शेयर नागरिक लगानी कोषले लिलाम गर्ने

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नागरिक लगानी कोषको स्वामित्वमा रहेको सिबिआइएल क्यापिटलको संस्थापक शेयर लिलाम गर्ने भएको छ ।

यस कोषले एक सुचना जारी गर्दै क्यापिटलको ७५ हजार कित्ता शेयर न्युनतम मूल्य प्रति कित्ता १२२ कायम गरी लिलाम गर्ने जनाएको छ ।

इच्छुकले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात माघ २८ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको छ ।

उक्त शेयर खरिद गर्न कोषको धितोपब व्यवसायी नियमावली २०६४ बमोजिम संस्थापक शेयर खरिद गर्न इच्छुक विद्यमान स्थापक वा व्यक्ति, संघ संस्था, कम्पनीहरुले आवेदन दिन सक्ने छन् । 


कस्तो लाग्यो ?

यो पनि