जेठ ०४, २०८१, शुक्रबार
               

सुनको मूल्य घट्यो

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । 

हिजो (बुधबार) प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि १३ सय रुपैयाँले घटेको छ । आज तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि