काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
यस कम्पनीको हिजो (बुधवार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७१ प्रतिशत लाभांश वितरण गर्ने छ ।
हाल यस कम्पनीको चुक्तापूँजी ११ करोड ७ लाख ४५ हजार छ । सोही पूँजीको आधारमा प्रस्तावित लाभांश वितरण गर्ने छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।