जेठ ०४, २०८१, शुक्रबार
               

प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच सम्झौता

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र पोखरा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता प्रश्चात पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्धारा ब्यबस्थापन गरिनेछ ।

दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन संम्झौता गरिएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले बताए  ।

यस प्रभु क्यापिटलले हाल प्रभु स्मार्ट पिएमएस अन्तर्गत संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापनको सेवा दिइरहेको छ । 

यो पनि