जेठ ०४, २०८१, शुक्रबार
               

सनराइज क्यापिटलको १० औं वार्षिक साधारणसभा माघ १६ गते

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारणसभा माघ १६ गते हुने भएको छ । 

यस कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले हाल कायम सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २७ (२) संशोधन गरी ३ जना संस्थापक सञ्चालक तथा २ जना स्वतन्त्र सञ्चालक कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको वासलत र सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गर्ने एजेण्डा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि