जेठ ०४, २०८१, शुक्रबार
               

सिनर्जी पावर डेभलपमेन्टको ५ प्रतिशत लाभांश प्रस्ताव पारित

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बार्षिक साधारणसभा क्रमश १२औँ, १३औँ र १४औँ आज (बुधबार) सम्पन्न भएको छ । सो सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीलाई मध्यनजर गदैँ यो सभा अनलाइ मार्फत सम्पन्न गरिएको हो । यस सभाले कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम शेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीको अध्यक्षद्वारा वार्षिक प्रतिवेदन पारित गरिएको थियो। त्यस्तै, सभामा कम्पनीको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका एजेण्डाहरू पारित गरेको हो । 

यो पनि