बैशाख २१, २०८१, शुक्रबार
               

बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा  आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

हिजो (मंगलवार) छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो । 

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।


कस्तो लाग्यो ?

यो पनि