बैशाख २०, २०८१, बिहीबार
               

नारायणी डेभलपमेन्ट बैंकको १९ औं साधारणसभा १६ गते

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा माघ १६ गते हुने भएको छ । 

यस बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्टार व्याङक्वेट, रत्ननगर, चितवनमा दिउसो १ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

यस कम्पनीको चुक्तापूँजी ३९ करोड ३७ लाख पुप्याउनका लागि सभाले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने छ ।  

साधारणसभा प्रयोजनका लागि पुस २९ गते एक दिन बैंकको शेयरधनी दर्ता किताब बन्द रहनेछ ।

पुस २८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई प्रचलित कानून बमोजिम बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुृनेछन् । 

उक्त सभामा यस बैंकले बैंक तथा वित्तीय संस्थासँग गाभिने वा नयाँ लगानीकर्ता भित्र्याउँने प्रयोजनका लागि बैंकमा निवेदन दिने लगायतका योजना बनाएर सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृति दिने एजेण्डा रहेको छ । 

यो पनि